Friday, 22 September 2017 05:38 pm, Nepal

एक महिनामा १४ वटा सवारीसाधन दुर्घटना, ८ जनाको मृत्यु

मेचीकाली : 2014-11-18 08:46:31


डडेल्धुरा, २ मंसिर :

सुदुरपश्चिममा कात्तिक महिनाभर घटेका १४ वटा सवारीसाधन दुर्घटनामा ८ जनाको ज्यान गएको छ भने २४ जना घाईते भएका छन । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कात्तिक महिना भर सुदुरपश्चिमभरी घटेका सवारी साधन दुर्घटना अभिलेख र संकलित राजश्वको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभयो ।

कार्यालयका अनुसार असोज महिना भन्दा गत महिना सवारी साधन दुर्घटना परि ज्यान गुमाउनेको संख्या घटेको छ । यस्तै ट्राफिक नियम उलंघन गर्ने ७ हजार बढि सवारी साधनलाई कारबाही गरिएको समेत क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको अभिलेखमा उल्लेख गरिएको छ । सुदुरपश्चिमका बिभिन्न जिल्लामा ७ हजार ९ सय १९ वटा सवारी साधनको कारबाहीबाट २२ लाख, ३७ हजार ७ सय रुपैया राजश्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु