Sunday, 24 September 2017 02:35 pm, Nepal

काभ्रेमा जलिरहेको अवस्थामा युवक भेटिए

मेचीकाली : 2014-11-17 13:41:31


आगो निभाउने क्रममै मृत्यु
आफैंले आगो लगाएको अनुमान
काभ्रे, १ मंसिर :

काभ्रेको काभ्रे गाविस वडा नंवर ९ मा जलिरहेका अवस्थामा एक युवक फेला परेका छन् । आज बिहान भक्तपुर जिल्लाको मध्यपुर ठिमी १६का २१ बर्षीय आशिष उप्रेती जलिरहेको अवस्थामा स्थानीयबासीले फेला पारेका थिए । उनको शरीरमा लागेको आगो निभाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
उनले घटनास्थलभन्दा डेढ किलोमिटर वरनै आफ्नो मोटरसाइकल राखेर पेट्रोल निकाली आफ्नै शरीरमा छर्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मध्यान्ह घरबाट उनका बाबुआमा आएर उनको शव पहिचान गरेका हुन् । छोराको जलेको शव देखेपछि बाबुआमा दुबै बेहोस् भएका छन् । अहिले उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक स्रोतका अनुसार एक साताअघि प्रेमिकाको विषयमा उनको एकजना युवकसँग सामान्य झगडा परेको थियो ।

उनी एपेक्स कलेजमा बिबिएमा अध्ययरत थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु