Tuesday, 26 September 2017 04:54 pm, Nepal

खुला दिशामुक्त गाविस घोषणासँगै झाडापखालाका बिरामी घटे

मेचीकाली : 2014-11-16 08:44:56


सोलुखुम्बु, ३० कात्तिक

: सोलुखुम्बुको सोताङ्गमा पछिल्लो समय झाडापखालाका बिरामी घटेका छन् । एक घर एक चर्पी निर्माणसँगै खुला दिशामुक्त गाविस घोषणा गरिएपछि झाडापखाला लगायत मौसमी रुपमा लाग्ने रोगका बिरामी घटेका हुन् ।

गाविसलाई खुला दिशामुक्त घोषणा गर्नु अघि झडापखालालगायत मौसमी रोगबाट प्रभावित बिरामीको संख्या उल्लेख्य रहने गरेको भएपनि अहिले त्यो संख्या ह्वात्तै घटेको प्राथमीक स्वास्थ्य केन्द्र सोताङ सोलुखुम्बुका वरिष्ठ अहेव श्रीध्वज राईले बताउनुभएको छ । खुला रुपमा दिशा पिसाब गर्दा विभिन्न झाडा पखालाका बिरामीहरु थुप्रै आउने गरेको भएपनि त्यो क्रम अहिले घटेको उहाँको भनाई छ ।

जि फाउण्डेशन तथा सोलुखुम्बु विकास समाज सोताङ्ग सोलुखुम्बुको विशेष सहयोग, भिवासिसि सोताङको पहलमा सोताङ गाविसलाई २०६९ साल जेष्ठ २८ गते जिल्लाकै ५ औँ खुल्ला दिशा मुक्त गाविसको रुपमा घोषणा गरिएको थियो । गाविसका १२ सय ७८ घरधुरीमा चर्पी निर्माणको लागि सोलुखुम्बु विकास समाज सोताङ्ग मार्फत जीफाउडेशनले आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु