Tuesday, 26 September 2017 02:58 pm, Nepal

कांग्रेस र एमालेकै कारण संविधान बन्न नसक्ने प्रचण्डको भनाई

मेचीकाली : 2014-11-15 13:28:12


कैलाली, २९ कात्तिक :

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा संविधान बन्न नसक्ने आशंका पैदा भएको बताएका छन् । आज कैलालीको अत्तरियामा पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले बिस्तृत शान्ति सम्झौता विपरीत कांग्रेस र एमालेले ल्याएको प्रस्ताबका कारण तोकिएको समयमा संविधान नबन्नेमा आशंका पैदा भएको बताए ।

कांग्रेस र एमालेले खेल मैदान बाहिर गएर प्रक्रिया र नियमका कुरा गरेरकाले देश गम्भीर मोडमा पुगेको प्रचण्डले बताए । उनले संविधानका मूलभूत विषयमा बृहत शान्ति सम्झौता र १२ बुँद समझदारी भइसकेको स्पष्ट पारे । आउँदो मंसिर १ गतेको बैठकमा कांग्रेस र एमालेले एक्लौटी प्रस्ताब लिएर अघि बढ्न खोजे देश फेरी द्वन्द्वमा चेथावनीसमेत उनले दिए । कांग्रेस र एमालेले तोकिएको समयमा संविधान बनाउन खोजे आफूहरु बाधक नहुने तर सहयोगी बन्ने उनले बताए ।

यद्यपि, संविधान निर्माणको मुख्य जिम्मेवारी पनि कांग्रेस एमालेको रहेको बताउँदै अध्यक्ष प्रचण्डले बृहत शान्ति सम्झौता र सहमतीहरु विपरित उनीहरु अगाडि बढ्न खोजे माघ ८ गतेभित्रै संविधान निर्माण हुन नसक्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु