Tuesday, 26 September 2017 02:56 pm, Nepal

अख्तियारको टोली सुदूरपश्चिममा

मेचीकाली : 2014-11-15 08:48:51


डडेल्धुरा, २९ कात्तिक :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय एक टोली सुदूरपश्चिमा पुगेको छ । टोली अहिले डडेल्धुरा र दार्चुलामा सरकारी कार्यालयहरुमा अनुगमन तिर लागेको छ । आयोग केन्द्रीय कार्यालयको एक टोली डडेल्धुरामा पुगेर बिभिन्न सरकारी कार्यालयको अनुगमन गर्न थालेको छ ।

 जिल्लाका विभिन्न सरकारी कार्यालयको कामकाजका बारेमा केही गुनासाहरु आएकाले अनुगमन गर्न जिल्लामा पुगेको टोलीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह–सचिव केदारनाथ शर्माको नेतृत्वमा आईपुगेको टोलीले पहिलो दिन तीन वटा कार्यालयमा अनुगमन गरेको छ । टोलीले जिल्ला विकास समितीको कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र सुदूरपश्चिम सिँचाई सव डिभिजन कार्यालयको अनुगमन गरेको हो ।

डडेल्धुरा जिल्लामा विकास निर्माण देखी लिएर वनमा व्यापक रुपमा अनियमितता भएका गुनासाहरु अख्तियारमा गएका र सोही अनुसार टोली जिल्लामा अनुगमनका लागि आएको बताईएको छ । आयोगका सह–सचिव केदारनाथ शर्माका अनुसार जनताका गुनासा सुन्नका लागि स्थलगत भ्रमण समेत गरिने छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु