Sunday, 24 September 2017 12:26 pm, Nepal

कलेज पोशाकमा ‘जेरी’ हेर्न गएका १२ विद्यार्थी प्रहरीको फन्दामा

मेचीकाली : 2014-11-14 13:47:09


भुवन केसीका छोराको फिल्मले चर्चा कमाउँदै

चर्चित अभिनेता भुवन केसीका छोरा अनमोल केसीले खेलेको चलचित्र जेरी शुत्रबारबाट देशभर प्रदर्शनमा आएको छ । पहिलो दिन पहिलो शो फिल्म हेर्न पुगेका एक दर्जन युवायुवती भने प्रहरीको फन्दामा परेका छन् । कलेज पोशाकमै जेरी हेर्न चाबहिलमा रहेको गोपीकृष्ण मुभिज पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई अभिभावक बोलाएर जिम्मा लगाइएको छ ।

Jerry

गोपीकृष्ण मुभिजमा जेरीको शो चलिरहेका बेला प्रहरी हलभित्रै पसेर विद्यार्थीलाई पक्राउ गरेको थियो । गोपीकृष्णले प्रहरीको यो कार्यको विरोध गरेको छ । चलचित्रमा भुवन केसीका छोरा अनमोल केसीका सार्थ अन्ना शर्मा लगायतको अभिनय रहेको छ । गोपिकृष्ण महाप्रबन्धक तीर्थप्रसाद पौडेलले प्रहरीले हलभित्रै पसेर आतंकवादी शैलीमा दर्शकलाई समातेको बताए । ‘छापामार र आतंकवादी शैलीमा प्रहरीले दर्शकलाई हलभित्रै पसेर कानुनविपरित समातेको’ उनलाई उद्धृत गर्दै फिल्मी साइट मेरोसिनेमा डटकमले लेखेको छ । पहिलो दिन जेरीको कमाई आक्रामक रहेको बताइएको छ । यसको बुकिङ अघिल्ला फिल्मभन्दा उच्च थियो । हल संचालकका अनुसार फिल्मको ओपनिङ अकुपेन्सी शतप्रतिशत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु