Tuesday, 26 September 2017 02:57 pm, Nepal

अंग्रेस फौजलाई पराजित गरेको सम्झनामा सिन्धुलीमा विजयोत्सव

मेचीकाली : 2014-11-10 09:49:33


सिन्धुली, २४ कात्तिक

: अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा आज सिन्धुलीमा विजयउत्सव मनाइँदैछ । सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ । विक्रम संवत् १८२४ को कात्तिक २४ गते ब्रिटिस सेनाका कप्तान किनलोक नेतृत्वको अंग्रेजी फौजलाई सिन्धुलीगढीबाट पराजय गरेको दिनको सम्झनामा केहीवर्षदेखि नेपाल पत्रकार महांसघले विजय उत्सव मनाउँदै आएको छ ।
विजयोत्सवलाई यसवर्ष थप भव्य बनाउने तयारी गरिएको पत्रकार महांसघ सिन्धुलीले जनाएको छ । विजयोत्सवमा विभिन्न किसिमका झाँकी, नाँच, लोक खैजडी भजन, पुरातात्त्विक वस्तुको प्रदर्शनीका साथै सिन्धुलीगढीको ठूलो गढीमा नेपालीसेनाको सलामीसहित झन्डा फहराइने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु