Sunday, 24 September 2017 12:36 pm, Nepal

पाँच सभासद बोकेको नेपाल एअरलाइन्सको विमान ठूलो दुर्घटनाबाट बच्यो

मेचीकाली : 2014-11-09 14:18:39


सोलुखुम्बु, २३ कात्तिक : 

सोलुखुम्बुबाट ५ जना सभाषद बोकेको नेपाल एयरलायन्सको जहाज ठुलो दुर्घटना हुन बाट बचेको छ । सल्लेरी स्थित फाप्लु बिमानस्थलबाट आधा दर्जन सभाषद सहित १५ जना यात्रु बोकी उडान सुरु गर्न लागेको उक्त बिमानको अकस्मात ईन्जिनमा समस्या आएपछि अहिले सो बिमान फाप्लु बिमानस्थलमै ग्राउन्डेड भएको छ ।
उडानका लागि बिमान धाबन मार्गमा गुडदै गर्दा कल साईन नाईन एन ए बि यु भएको सो बिमानको दायाँ तर्फको पंखा नघुमेपछि ग्राउण्डेड भएको नागरिक उड्यन प्राधिकरण फाप्लुका एटिसि अफिसर हरि अधिकारीले जानकारि दिनुभयो । बिमानमा संबिधान सभा निर्बाचन अध्ययन अनुसन्धान तथा सुझाब सम्बन्धि संसदिय बिशेष समितिका संयोजक लक्ष्मणलाल कर्ण , सदस्यहरु रामनारायण बिडारि, भानुभक्त ढकाल , कमल प्रसाद पंगेनी, रेखा शर्मा लगायत संसद सचिबालयका कर्र्मचारिहरु रहेका थिए ।

जहाज ग्राउण्डेड भएपछि नेपाल एयरलायन्स काठमाण्डौबाट ईन्जिनियर सहितको टोलि फाप्लु बिमानस्थल आउन लागेको नेपाल एयरलायन्सले जनाएको छ ।

--उमेश लामा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु