Tuesday, 26 September 2017 12:35 am, Nepal

निर्वाचनको धाँधलीबारे छानबिन गर्न संसद सचिवालयको टोली सल्लेरीमा

मेचीकाली : 2014-11-07 17:38:57


सोलुखुम्बु, २१ कात्तिक :

दोस्रो संविधानसभा निर्वाचनका क्रममा सोलुखुम्बुमा भएको भनिएको धाँधलीबारे छलफल र अध्ययनका लागि संसद सचिवालयको टोली सोलुखुम्बु पुगेको छ । गएको मंसिंरमा भएको निर्वाचनमा धाँधली भएको उजुरी निर्वाचन आयोगमा परेपछि यसबारे अध्ययन गर्न संसदीय समिति गठन भएको थियो ।

 संसद सचिवालयको एक टोली आज सोलुखुम्बु सदरमुकाम सल्लेरी पुगेको हो । जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बुमा टोलीले भोलि संविधानसभा निर्वाचन अध्ययन तथा सुझाव विशेष समिति सभापति समेतको उपस्थितिमा निर्वाचनमा भएको भनिएको धाँधलीबारे छलफल गर्ने भएको छ । कार्यक्रमका लागि समिति सभापति लक्ष्मणलाल कर्ण, नेपाली काङ्ग्रेस सभासद् कमलप्रसाद पंगेनी, नेकपा एमालेका सभासद् भानुभक्त ढकाल, एकीकृत माओवादीका रामनारायण बिडारी लगायतको टोली आज सल्लेरी आइपुगेको छ । एकीकृत माओवादीका गोम्बु शेर्पा कज्र्याङले निर्वाचनको क्रममा धाँधली भएको उजुरी निर्वाचन आयोगमा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु