Tuesday, 26 September 2017 11:58 pm, Nepal

किन झुण्डिए निर्देशक आलोक नेम्वाङ ?

मेचीकाली : 2014-11-07 08:19:24


नेपाली म्यूजिक भिडियो र चलचित्रका चर्चित निर्देशक आलोक नेम्वाङको शव झुन्डिएको अवस्थामा फेला परेको छ । काठमाडौंको धापासीस्थित आफ्नै अपार्टमेन्टको भर्‍याङको रेलिङमा नेम्वाङको शव विहीबार बेलुकी झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो । नेम्वाङको मृत्युको विषयमा विस्तृत कुरा खुलेको छैन । प्रहरीले उनले आत्महत्या गरेको प्रारम्भिक रुपमा देखिएपनि यसबारेमा थप अनुसन्धान भइरहेको बताएको छ ।

नेम्वाङको शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सानो संसार नेम्वाङद्धारा निर्देशित पहिलो र चर्चित चलचित्र हो । दोस्रो चलचित्रका रुपमा कोही मेरो निर्देशन गरेका नेम्वाङको तेस्रो चलचित्र अझै पनि केही समयपछि प्रदर्शन हुने जनाइएको छ ।

चलचित्रमा निर्देशनमा आउनुअघिदेखि नै नेम्वाङ म्यूजिक भिडियो निर्देशनमा सक्रिए थिए । उनीद्धारा निर्देशित थुप्रै म्यूजिक भिडियो चर्चित छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु