Tuesday, 26 September 2017 04:55 pm, Nepal

अमेरिकाको निर्वाचनमा नेपाली चेली अमृता रेग्मी पराजित

मेचीकाली : 2014-11-05 18:21:27


विजय थापा

 नोवेम्बर ४ तारिखमा भएको अमेरिकाको निर्वाचनमा जर्जिया एटलान्टा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी निर्वाचनमा पराजित भएको छिन् l उनि रिपब्लिकनका थोमस आर (टम राइस )संग चुनाब हारेकी छिन् l उनि जर्जिया प्रतिनिधी सभा क्षेत्र ९५ बाट चुनाबबाट उम्मेदवारी दिएकी थिइन् l उक्त क्षेत्र रिपब्लिकनहरुका गढ मानिन्छ भने रिपब्लिकनका टम राइस उक्त क्षेत्रमा १७ बर्ष देखि प्रतिनिधित्व गर्दै आएका छन् l

डा अमृता रेग्मीले कुल ३८ प्रतिसत (५,७ ९० )मत प्राप्त गरेकी थिइन् भने रिपब्लिकनका थोमस आर (टम राइस)ले ६२ प्रतिसत (९,५ ९२ )मत प्राप्त गरेका थिए l

डा अमृता रेग्मीको उम्मेदवारीमा प्रथम चरणमा डेमोक्र्याटिक दलका कुनै पनि उम्मेदवार खडा नभएको कारण प्राथमिक चरणमा उनले चुनाब स्वत जितेकी थिइन् l र ,नोवेम्बर ४ तारिखको निर्वाचनमा रिपब्लिकन दलका प्रभावशाली प्रतिद्वन्दी टम राइस संग प्रतिस्प्रद्धा गर्नु परेको थियो l

अमेरिकामा हाल सम्म कुनै पनि नेपालीमुलका उम्मेदवार निर्वाचनमा बिजयी हुन सकेका छैनन् l अमेरिकामा सन् २०१२ मा वाशिंगटनबाट दर्शन रौनियार प्रथम चरणको निर्वाचन,२०१४ मा म्यारिल्याण्डको प्राथमिक चरणको निर्वाचनमा ह्यारी एच बि भण्डारी र नोवेम्बर ४ ,२०१४ तारिखमा भएको निर्वाचनमा डा रेग्मी समेत गरि तीन जना नै पराजित हुन् पुगेका छन् l उत्तर अमेरिकाको क्यानाडामा भएको निर्वाचनमा बेन्जामिन शर्मा पनि २०१४ मा पराजित भएका थिए भने उनि समेत लगाएर उत्तर अमेरिकाबाट ४ जना नेपाली मुलका सबैले चुनाबमा हार बेहर्नु परेको छ l

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु