Tuesday, 26 September 2017 11:55 pm, Nepal

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ नजिकै बम विस्फोट

मेचीकाली : 2014-11-03 08:44:50


ताप्लेजुङ, १७ कात्तिक :

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ नजिकै गएराति कुकर बम विस्फोट भएको छ । गए राति करीव १० बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको माथिल्लो पटिको गेट नजिकै कुकर बम विस्फोट भएको र विस्फोटले मानविय तथा भौतिक कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि मेघराज कँडेलले जानकारी दिनुभयो ।

प्रहरीले विस्फोट भएको स्थानबाट केहि मिटर तार समेत बरामत गरेको छ भने कस्ले के उद्धेश्यले बम विस्फोट गरेको खुल्न नसकेको प्रहरी प्रमुख कँडेलको भनाई छ । बम विस्फोटमा संलग्नको पहिचान हुन सकेको छैन । विस्फोटमा संलग्नको खोजिकार्य जारीरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु