Saturday, 23 September 2017 06:04 am, Nepal

प्रतियोगितात्मक जुम्ली घोडा प्रदर्शनी हुने

मेचीकाली : 2014-11-03 08:44:15


जुम्ला, १७ कात्तिक :

जुम्ली घोडाको प्रवद्र्धन गर्ने उद्देश्यले यहि कात्तिक २० गते चन्दननाथ नगरपालिका वडा नम्बर १३ श्रीढुस्कामा प्रतियोगितात्मक जुम्ली घोडा प्रदर्शनी हुने भएको छ । जिल्ला पशु सेवा कार्यालय र जुम्ली घोडा संरक्षण तथा प्रवद्र्धन समितिको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।

जुम्लामा उत्पादित घोडाहरु नेपालका विभिन्न शहरहरु तथा भारतसम्ममा पुग्ने भएकोले यिनीहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको बरिष्ठ पशु विकास अधिकृत डाक्टर रेशमराज ज्ञवालीले जानकारी दिनुभयो । जिल्लाभरीका घोडापालक किसानले आफ्ने उत्कृष्ठ घोडालाई प्रदर्शनीमा राख्न सक्ने बताउँदै उहाँले उत्कृष्ठ ठहरिएको घोडा पाल्ने किसानलाई पुरस्कृत गरिने जानकारी दिनुभयो ।

शम्भुनाथ ज्ञानकुञ्ज माध्यामिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगिता अवलोकनका लागि समेत उहाँले जिल्लाबासी सम्पूर्णलाई आग्रह गर्नु भएको छ । आफूले पालेको घोडालाई प्रतियोगितामा सहभागी गराउन चाहने किसानले १९ गते विहान १० बजेदेखि साँझ ४ बजेसम्ममा नाम दर्ता गराउनु पर्ने पशु सेवा प्राविधिक ध्रुबराज गिरीले बताउनुभयो । जुम्ली घोडाको संरक्षण तथा प्रवद्र्धनका लागि जुम्लाको तलिउम र लाम्रामा जुम्ली घोडा संरक्षण तथा प्रवद्र्धन समिति समेत गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु