Saturday, 23 September 2017 06:05 am, Nepal

कास्कीमा पौडेल, थापा र भण्डारी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

मेचीकाली : 2014-11-03 08:42:51


पोखरा, १७ कात्तिक :

जिल्ला कृषि विकास कार्यलय कास्कीले विभिन्न कार्यक्रमको आयोजना गरेर आइतबार ३४ ओैं विश्व खाद्य दिवस मनाएको छ । दिवसको अबसरमा लेखनाथमा नेपालमै ठूलो ब्यबसायिक बंगुर फार्म संचालन गर्दै आउनु भएका छ्र्यामबहादुर थापा, कास्कीमा बढी गोलभेंडा उत्पादन गर्ने हेम्जाका कृषक चित्रनाथ पौडेल र कास्की भरतपोखरीका मौरीपालक किसान शिबराज भण्डारी राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

 उहाँहरु लाई  प्रमुख अतिथि क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया , प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र बरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले जनही दश÷दश हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गर्नुभएको हो । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार छनोट समिति कास्कीमा ४३ वटा निवदेन परेकोमा उहाँहर छनोट हुनु भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु