Sunday, 24 September 2017 12:28 pm, Nepal

स्याउ भण्डारणका लागि ४ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक

मेचीकाली : 2014-11-02 08:40:57


जुम्ला, १६ कात्तिक :

चन्दननाथ नगरपालिका वडा नम्बर १५ गैरागाउँमा शुन्य शक्ति शितभण्डार बनेपछि जुम्लामा झण्डै बाह्रै महिना स्याउ पाइन थालेको छ । बरिष्ठ किसान शंकुबहादुर खत्रीले बनाउनु भएको शुन्य शक्ति शितभण्डारमा स्याउलाई बाह्रै महिना जस्ताको तस्तै राख्ने विशेषता छ ।

४५ लाख रुपैंयाँको लागतमा निर्माण भएको उक्त शितभण्डारमा स्याउलाई आवश्यक पर्ने तातो र चिसो तापक्रमको व्यबस्था मिलाइएको छ । स्याउ भण्डारणका लागि भण्डार भित्रको तापक्रम ४ डिग्री सेन्टिग्रेड हुनुपर्छ । शितभण्डारको तापक्रम ४ डिग्री सेन्टिग्रेडभन्दा कम र १० डिग्री सेन्टिग्रेड भन्दा बढी हुन नदिइएको किसान खत्रीले बताउनुभयो । स्याउ काँचै बिक्री गर्नुभन्दा असोजको पहिलो हप्ता भण्डारण गरेर माघ फागुनबाट बिक्री गर्ने हो भने किसानले बढी मुल्य पाउने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु