Sunday, 24 September 2017 12:31 pm, Nepal

नाला भगवतीको शिलामा पसिना आयो, अनिष्ट हुने भन्दै स्थानीय त्रसित

मेचीकाली : 2014-11-01 17:14:27


काभ्रे, १५ कात्तिक :

काभ्रेको नालामा रहेको उग्रचण्डी भगवतीको शिलामा पसिना आएको छ । आज दिउँसो १ बजेदेखि लगातार भगवतीको शिलामा पसिना आएपछि स्थानीयबासी त्रसित भएका छन् । भगवतीको शिलामा  पसिना आउनु देशकै लागि अनिस्ट हुन सक्ने पुजारी सिद्धीबहादुर कर्माचार्यले बताएका छन् ।

आज दिउँसो एक महिलाले भगवतीको शिलामा पसिना आएको देखेकी थिइन् । पसिना आएको देखेलगत्तै उनी निरन्तर काम्न थालेपछि स्थानीय सर्वसाधारणले थाहा पाएका थिए । लगातार पसिना आएपछि स्थानीयहरुले क्षमा पुजा र भाकल गरेका छन् ।

अहिले पसिना आएको खबर थाहा पाएपछि सयौंको भीड मन्दिर परिसरमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु