Sunday, 24 September 2017 02:35 pm, Nepal

काभ्रेमा रोकिएन बलात्कार, नातिनी बलात्कारको आरोपमा ८६ बर्षका वृद्ध पक्राउ

मेचीकाली : 2014-11-01 08:52:51


काभ्रे, १५ कात्तिक :

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आफ्नै नातिनी बलात्कारको आरोपमा एक ८६ वर्षिय बृद्धालाई पक्राउ गरेको छ । प्रहरीले आफ्नै नातिनी बलात्कारको आरोपमा पनौती नगरपालिका–९ बस्ने ८६ वर्षिय लालबहादुर नगरकोटीलाई पक्राउ गरेको प्रहरी निकट स्रोतले बताएको छ । उनले आफुलाई हजुरबुबाले नौ पटक जर्वजस्ती बलात्कारको गरेको आरोप ती बालिकाले लगाएकी छिन् ।

नगरकोटीलाई बिहीबार पक्राउ गरिएको हो । बालिकाले हजुरबुबालाई बलात्कारको आरोप लगाएपछि उनको स्वास्थ्य परिक्षणको लागि काठमाडौँस्थित प्रसुति गृहमा पठाइएको छ ।

 त्यसैगरि प्रहरीले गत मंगलबार आफ्नै भतिजीलाई बलात्कार गरेको आरोपमा काभ्रेको कानपुर कालापानी– ५ बस्ने दुई दाजुभाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २५ वर्षिय तिर्थ लामा र उनका भाई २३ वर्षिय फुलमान लामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय काभ्रेमा आफ्नै आफन्त, घरपरिवारका सदस्य तथा आफन्तबाट बालिकाहरु बलात्कृत भएका घटनाहरु सार्वजनिक भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु