Friday, 22 September 2017 05:36 pm, Nepal

निलोफर आँधीले हिमपात हुने भन्दै पदयात्र नगर्न पर्यटकलाई आग्रह

मेचीकाली : 2014-10-31 08:41:55


ताप्लेजुङ, १४ कात्तिक :

केही समय अघि आएको हुदहुद आँधिकै प्रभावमा हिमपात भएको ताप्लेजुङ जिल्लाको हिमाली क्षेत्रमा आउँदै गरेको निलोफर आँधिको कारण पनि हिमपात र वर्षा हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यो समयमा पर्यटक लाई पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको र गृह मन्त्रालयबाट पनि सोहि निर्देशन आएको भन्दै आँधिको प्रभाव नघटे सम्म जिल्लाको कञ्चनजंघा, कुम्भकर्ण लगायतका हिमाली क्षेत्रमा पदयात्रा तथा आरोहण नगर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी नरहरी आचार्यले जानकारी दिनुभयो । जिल्लाको उच्च पहाडी क्षेत्रका केही ठाउँमा बुधबार राति देखि नै हिमपात भईरहेको छ । प्रशासनले पर्यटन व्यवसायि तथा ट्रेकिङ् एजेन्सिहरुलाई पनि यो समयमा पर्यटक नभित्राउन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु