Tuesday, 26 September 2017 12:38 am, Nepal

मुगुको रारातालमा आजदेखि दुई दिने जलवायु सम्मेलन सुरु हुँदै

मेचीकाली : 2014-10-30 08:38:50


मुगु, १३ कात्तिक :

मुगुको रारातालमा आजदेखि दुई दिने जलवायु सम्मेलन सुरु हुँदैछ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालको आयोजनामा राष्ट्रिय स्तरको सम्मेलन हुन लागेको हो ।
जलवायु परिवर्तन र वातावरणीय जोखिमले उच्चपहाडी जनजीवनमा पारेको असरबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन रारामा सम्मेलन गर्न लागिएको किर्डाक नेपालका कार्यकारी निर्देशक मीन बहादुर शाहीले जानकारी दिनुभयो ।

 सम्मलेनको विहान ११ बजेपछि प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नु हुने उहाँको भनाइ छ । हिमाली क्षेत्रमा बसोबास गर्ने मान्छे र त्यहाँको प्राकृतिक स्रोत बचाउन ध्यानाकर्षण गराउन समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारातालमा सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा सहभागी हुने मन्त्रालयका अधिकारीहरु, कर्णाली अञ्चलका सभासद, वातावरणविद्, सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरु रारामा पुगिसकेको किर्डाक नेपालका कार्य–प्रबन्धक गोविन्द शाहीले बताउनुभयो । सम्मेलनमा १ सय ५० जना सहभागी हुने आयोजक किर्डाक नेपालले जनाएको छ । यसअघि नेपाल सरकारले जलवायु परिवर्तनको असरबाट हिमाली मुलुकलाई परेको प्रभावबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथाको कालापत्थरमा मन्त्रिपरिषद बैठक राखेको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु