Tuesday, 26 September 2017 02:56 pm, Nepal

काभ्रेको बुडोलमा बस पल्टियो, एक जनाको मृत्यु

मेचीकाली : 2014-10-24 14:45:30


काभ्रे, ७ कात्तिक :

काभ्रेको बुडोलमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धुलिखेलबाट काठमाडौंतर्फ जाँदै गरेको बस अरनिको राजमार्गअन्तर्गत बुडोलस्थित विद्युत प्राधिकरणको सबस्टेशन नजिकै दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको तर, उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा परी डेढ दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ । अहिले घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको छ । बस सडकबाट २० मिटठर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु