Friday, 22 September 2017 05:36 pm, Nepal

न्युजिल्याण्डबाट ल्याइएको उन्नत कुपोर्थ जातका २ वटा भेडाले सन्तान बृद्धि गरे

मेचीकाली : 2014-10-23 14:15:45


जुम्ला, ६ कात्तिक :

भेडा बाख्रा अनुसन्धान कार्यक्रम गोठीचौर जुम्लाले न्युजिल्याण्डबाट ल्याएको उन्नत जातका भेडामध्ये २ वटाले सन्तान बृद्धि गरेका छन् । कुपोर्थ र रोम्नी मार्स जातका भेडा ल्याइएकोमा २ वटा कुपोर्थ जातका भेडाले सन्तान बृद्धि गरेका हुन् । भेडा बाख्रा अनुसन्धान कार्यक्रम गोठिचौरले आर्थिक वर्ष २०७०/०७१ को कार्यक्रम अन्तर्गत गएको भदौ १३ गते उन्नत जातका २५ वटा भेडा जुम्ला भित्र्याएको थियो ।

दुई वटै भेडाले एक÷एक वटा पाठा पाठी जन्माएको प्राविधिक सुब्बा भैरव बुढ्थापाले जानकारी दिनुभयो । एउटाले जन्माएको पाठी चिसोका कारण मरेको र दुई वटा पाठा र एउटा पाठीलाई भने बचाउन सफल भएको उहाँको भनाइ छ । कुपोर्थ र रोम्नी मार्स जातका ५ वटा थुमा र २० वटा माउ भेडा जुम्ला ल्याइएको कार्यक्रम संयोजक लुमानिधि पाण्डेले जानकारी दिनुभयो । नेपालमा भएका भेडाका जातहरुबाट निकालिएको ऊन कार्पेट उत्पादनका लागि उपयुक्त नभएकोले चार वर्षदेखिको प्रयासपछि उन्नत जातका भेडा ल्याउन सफल भएको उहाँको भनाइ छ । यीनिहरुको सँख्या बृद्धि भएपछि बिस्तारै किसान समूहलाई थुमा वितरण गरिने संयोजक लुमानिधि पाण्डेले जानकारी दिनुभयो । कार्पेट उत्पादनका लागि आवश्यक ऊन अब जुम्ला सहितका हिमाली जिल्लाबाट उत्पादन हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु