Tuesday, 26 September 2017 04:55 pm, Nepal

अमेरिकामा कुकुर तिहार

मेचीकाली : 2014-10-23 08:22:06


विजय थापा
 भर्जिनिया-

अमेरिकाको डिसी महानगर क्षेत्रमा कुकुर पाल्ने नेपाली समुदायले कुकुर तिहार मनाएका छन् । बिदेसिएता पनि आफ्ना चाड पर्वलाई निरन्तरता दिदै कुकुर तिहारमा कुकुरलाई अमेरिकामा दिईने बिशेष प्रकारका स्वास्थ्य वर्धक खाना खुवाई पुजा गरिएको छ l

कुकुरलाई भैरवको बहान मानिन्छ l अमेरिकामा अपराध गतिबिधि निक्कै घट्ने हुनाले कुकुरले सुँघेर अपराधीहरू पत्ता लगाउने गर्दछ भन्दै घरको हेरचाह पनि गर्ने भएकोले आजको दिन यसलाई पुजेका हौ भनि डिसी महानगर क्षेत्रका एक परिवारले बताए l

चाड पर्व ,संस्कृति र परम्परालाई सम्बर्धन र प्रबर्धन गर्दै टीका तथा माला लगाइएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरेका छन् भने केहि नेपाली समुदायले कुकरलाई डोराएर उ संगै हिडेर घनिष्ठ मित्रता झल्काई दिएका छन् l कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर भएकोमा नेपाली परिकारको जस्तो खाना नदिई पुरियामा पाईने खानेकुरा दिइएको बताए l

कुकुरसंग मानिसको अत्यन्तै प्रगाढ सम्बन्ध रहने भन्दै सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु