Tuesday, 26 September 2017 11:49 pm, Nepal

एक रोपनी जमिनबाट बार्षिक ४ लाख आम्दानी

मेचीकाली : 2014-10-21 10:29:08


पोखरा, ४ कात्तिक :

पोखरा  वडा नम्बर ७ का युवा किसान त्रिभुवनप्रसाद बरालले पुग नपुग एक रोपनी जमिन बाट मात्रै बार्षिक झण्डै ४ लाख आम्दानी गनृ सफल हुनु भएको छ । उहाँले विगत १२ बर्षदेखि तरकारीको नर्सरी संचालन गर्दै आएको बताउनुभयो ।

बरालले मौसमी,बेमौसमी सवै प्रकारको तरकारीका विरुवा नर्सरीबाट बेच्ने गर्नुहुन्छ । पहिले बजार खोज्दै आफू विरुवा बेच्न जानु परे पनि हिजोआज भने घरबाटै विरुवा बेच्न भ्याईनभ्याई भएको बरालको भनाइ छ । यस बर्षबाट तिहारे सयपत्री फूल पनि लगाएको र अहिले सयपत्री फूलबाट मात्रै झण्डै २ लाख आम्दानि गर्ने लक्ष्य बराको छ । नर्सरीमा कास्कीबाट मात्रै नभएर छिमेकी जिल्लाबाट पनि  विरुवा लिन आउने गरेको बरालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु