Friday, 22 September 2017 05:36 pm, Nepal

बनेपाको बुडोलमा बलात्कारको प्रयास गर्ने एक जना पक्राउ

मेचीकाली : 2014-10-16 17:59:15


काभ्रे, ३० असोज :

जिल्ला प्रहरी कार्यालय काभ्रेले बलात्कारको प्रयास गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले असोज २७ गते राति बनेपा नगरपालिका–११ बुडोलकी एक महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा स्थानीय ३५ वर्षिय नारायणप्रकाश श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

खाना खाएर घरमा सुतेकी महिलालाई घर पछाडिको भेन्टिलेसनबाट कोठामा पसेपछि महिलाले को भनी सोध्दा उसले चुपलाग भन्दै डरक्रास देखाई बलात्कारको प्रयास गरेका थिए । कोठाभित्र पसेर श्रेष्ठले बलात्कार गर्न खोजेपछि महिलाले कराउन थालेपछि उनी भागेका थिए । आफुलाई श्रेष्ठले बलात्कार गर्न खोजेको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएकी थिईन् । महिलाको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरि आज नै जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु