dashain
Wednesday, 17 October 2018 03:38 pm, Nepal

बारामा प्रहरी र स्थानीयबासीबीच झडप, एक जनाको मृत्यु

मेचीकाली : 2014-10-11 14:19:40


स्थिति नियन्त्रणमा लिन कर्फ्यु
बारा, २५ असोज :

बारामा प्रहरी र स्थानीयबासीबीचको झडपले उग्ररुप लिँदा एक जनाको ज्यान गएको छ । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर बाराको सिम्रौनगढमा स्थानीय एकको मृत्यु भएको हो । प्रहरीको गोली लागेर अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय नयनारायण पटेल रहेका छन् । अवरुद्ध बाटो सुचारु गर्ने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप भएको हो । नहरको बाटो मर्मतको माग राख्दै स्थानीयबासीले केही दिनदेखि आन्दोलन गरिरहेका थिए ।

अहिले पनि सिम्रौनगढको अवस्था तनावग्रस्त रहेपछि प्रहरीले दिउँसो २ देखि साँझ ६ बजेसम्म कर्फ्यु लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु