Tuesday, 26 September 2017 02:57 pm, Nepal

तारा एयरलाइन्सले हरेक बुधबार उडान भर्ने

रासस : 2014-10-09 16:57:37


 सोलुखुम्बु, २३ असोज :

सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान सफल भएसँगै तारा एयरलाइन्सले हरेक बुधबार नियमित रूपमा उडान भर्ने भएको छ ।  काठमाडौँ–फाप्लु र फाप्लु–काठमाडौँका लागि रु तीन हजार ९०० भाडादर कायम गरेको एयरलाइन्सले हिजोदेखि लागू हुने गरी नियमित रूपमा उडान सुचारु गरेको बताएको छ ।

    यसैबीच, निर्माण कार्य पूरा नभए पनि विमानस्थल सुचारु हुँदा कालोपत्रको कामले पनि तीव्रता पाएको छ । सातसय मिटर कुल लम्बाइ रहेको विमानस्थल अब २० मिटरमात्रै कालोपत्र गर्न बाँकी रहेको ठेकेदार कम्पनीका दावागेलु पाख्रिन राजुले जानकारी दिनुभयो । करिब एक महिनाभित्रै सबै कार्य पूरा गरी नागरिक उड्डयन प्राधिकरणलाई विमानस्थल जिम्मा लगाउने ठेकेदार कम्पनीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु