Tuesday, 26 September 2017 11:57 pm, Nepal

तराई संयुक्त जनक्रान्ति पार्टीले सरकारलाई हतियार बुझाउने

रासस : 2014-10-09 12:59:16


जनकपुरधाम, २३ असोज :

हतियारको राजनीति छाडेर शान्तिपूर्ण आन्दोलनमा आएको तराई संयुक्त जनक्रान्ति पार्टी नेपालले निकट भविष्यमै सरकारसमक्ष हतियार बुझाउने भएको छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत रहेको प्रारम्भिक वार्ता उपसमितिसित भएको वार्ताअनुसार सो पार्टीले सरकारसमक्ष हतियार बुझाउने भएको हो ।

    सो पार्टीद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अनुराग समूहका संयोजक भुवनेश्वर मण्डलले देशका विभिन्न कारागारमा रहेका करिब १५ जना बन्दी कार्यकर्तालाई सम्झौताअनुरुप सरकारले रिहा गर्नुपर्ने माग अघि सार्नुभएको छ । संयुक्त तराई जनक्रान्ति पार्टी नेपालसँग कति हतियार छ भन्नेबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सो पार्टीका पूर्व संयोजक गजेन्द्र मण्डल अनुरागले हतियारको सङ्ख्याबारे स्पष्ट नबताए पनि उहाँले यसै महिनाभित्र सरकारसमक्ष हतियार व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    मधेस र मधेसीको हकअधिकारका लागि लड्ने पार्टी भनिए पनि सङ्घीयताको विषयमा भने सो पार्टी मौन रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु