Friday, 22 September 2017 05:35 pm, Nepal

काभ्रेको अनेकोटमा चितुवाले ६ बर्षे बालक खायो

मेचीकाली : 2014-10-09 08:49:10


काभ्रे, २३ असोज :

  काभ्रेको पाँचखाल नगरपालिकामा चितुवाको आक्रमणबाट एक बालकको निधन भएको छ । पाँचखाल नगरपालिका १५ मा अनेकोटस्थित ज्यामिरकोट का नवराज घिमिरेका छोरा ६ बर्षीय बालक ऋषिराम घिमिरेलाई चितुवाले खाएको हो । हिजो साँझ ६ बजेतिर घरमा खेलिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरी लगेको थियो ।

त्यसबेला खेतमा रहेका अभिभावकले आधा घण्टापछि घटनाबारे जानकारी पाएका थिए । त्यसmलगत्तै रातभर उनको खोजी गरे पनि आज बिहानमात्रै चितुवाले खाएको अवस्थामा नजिकैको ज्यामिरकोट जंगलमा उनको टाउको र खुट्टा भेटिएको हो । गत बर्ष पनि सोही स्थानमा चितुवाको आक्रमणबाट एक बच्चाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु