Wednesday, 26 September 2018 02:51 pm, Nepal

बसको ठक्करबाट सिन्धुपाल्चोकमा एक युवतीको मृत्यु

मेचीकाली : 2014-10-07 17:15:04


सिन्धुपाल्चोक, २१ असोज :

काठमाडौंबाट दोलखा जादै गरेको यात्रु बसको ठक्करले मंगलबार सिन्धुपाल्चोकमा एक युवतीको मृत्यु भएको छ । अरनिको यातयात सेवा समितिको बा २ ख ६३१४ नम्बरको यात्रु बसले लामोसाँघु जिरी सडक खण्डको ७ किलो नजिकै पाङग्रेटार गाविस–४ की २० वर्षीया पविता खत्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । फुल्पिङकट्टी मामाघरमा टिका लगाएर घर आउँदै गरेकी पवितालाई आज दिउँसो ४ बजे तिर बसेले ठक्कर दिएको थियो । मृतकका आफन्तहरुले क्षतीपुर्ती र दोषीलाई कारवाहीको माग गर्दै लामोसाँघु जिरी सडक खण्ड अवरुद्ध पारेको पत्रकार दिनेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु