Saturday, 23 September 2017 06:03 am, Nepal

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

मेचीकाली : 2014-10-07 16:43:57


सिन्धुली, २१ असोज :

सिन्धुलीको भुवनेश्वरी गाविस्थित निम्चेभीरमा यात्रुबाहक बोलेरो  जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उदयपूरको घुर्मीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३७८९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् भने केही यात्रु हराइरहेका छन् ।

जीप सडकबाट झण्डै ८० मिटर तल सुनकोशीमा खसेको थियो । अहिले घटनास्थलमा पुगेको प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाएको छ भने हराइरहेकाहरुको खोजी गरिरहेको छ । दुर्घटनाअघि जीप मोटरसाइकलसँग ठोक्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु