dashain
Monday, 15 October 2018 05:03 pm, Nepal

अपडेट : डोटीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुग्यो

मेचीकाली : 2014-10-06 17:23:56


अझै बढ्न सक्ने अनुमान
डोटी, २० असोज  :

डोटीको छतिवन गाविसमा आज दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा कम्तीमा पनि २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ४० बढी घाइते भएका छन् । डोटीको लक्ष्मीनगर, जोरायलबाट कैलाली जिल्लाको धनगढी आउँदै गरेको ना३ख ५७०७ नम्बरको बस छतिवन गाविस ५ बनलेक स्थित कटपाते भन्ने ठाउँमा दुर्घटना भएको हो ।

बसमा क्षमताभन्दा बढी यात्रु सवार रहेको र सोही कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । बस सडकबाट तीनसय मिटर तल खसेको जनाइएको छ । साँझ अबेरसम्म प्रहरी र स्थानीयबासी मिलेर घटनास्थलमा उद्धार कार्य जारी राखेका छन् । तर, स्थानीयस्तरमा एम्बुलेन्सको व्यवस्था नहुँदा उद्धार गरिएका कतिपय घाइतेलाई अस्पताल लैजानसमेत समस्या भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु