dashain
Wednesday, 17 October 2018 01:35 am, Nepal

एकै दिन चारजनाद्वारा आत्महत्या

रासस : 2014-10-04 10:38:57


विराटनगर, १८ असोज :

मोरङ जिल्लामा एकै दिन दुई महिलासहित चार जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले आज दिएको जानकारीअनुसार मधुमल्ला गाविस–३ बस्ने ५४ वर्षीया छायादेवी विकले शुक्रबार साँझ ६ बजे आफ्नै घरमा झुण्डी आत्महत्या गरेकी छिन् ।

यस्तै, राजघाट–२ बस्ने १७ वर्षीया सजु पाण्डेले आफ्नै घरमा शुक्रबार बेलुकी ८ः३० बजे झुण्डी आत्महत्या गरेकी छिन् ।

उपमहानगरपालिका–१३ स्थित ममः पसलमा काम गर्ने ओखलढुङ्गा जिल्ला मोली–५ बस्ने २२ वर्षीय विजय विकले प्लास्टिकको डोरी लगाई झुण्डी आत्महत्या गरेका छन् ।

मोरङ सिसवनीजहदा–७ बस्ने २५ वर्षीय सुरज मण्डलले शुक्रबार बेलुकी ६ बजे मुसा मार्ने विषादी सेवन गरेको र उनको  उपचारको क्रममा कोसी अञ्चल अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु