Friday, 22 September 2017 05:37 pm, Nepal

जुम्लामा बालविवाह नरोकिए पनि अदालतमा ५ वर्षदेखि मुद्धा दर्ता भएका छैनन्

मेचीकाली : 2014-09-29 08:45:40


जुम्ला, १३ असोज :

जुम्लामा बालविवाह नरोकिए पनि अदालतमा मुद्धा भने दर्ता नभएको पाइएको छ ।  आर्थिक वर्ष २०६५/०६६ बाट बाल विवाह सम्बन्धी एउटा पनि निवेदन दत्र्ता नभएको जिल्ला अदालत जुम्लाले जनाएको छ । गाउँमा वाल विवाह भएको सुनिन आए पनि अदालतसम्म बाल विवाह सम्बन्धी निवेदन नपरेको जिल्ला अदालत जुम्लाका श्रेष्तेदार पुष्पराज पाण्डेयले बताउनुभयो ।
दुवै पक्षको सम्झदारी हुने भएकोले अदालतमा निवेदन नपरेको उहाँको भनाइ छ । बालविवाह सामाजिक अपराध हो भन्ने बारे समुदायसम्म सचेतनाका कार्यक्रम लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । बाल विवाह गर्दा सामाजिक, आर्थिक तथा स्वास्थ्यमा पर्ने असरका बारेमा बुझाउन सके बाल विवाह कम गर्न सकिने श्रेष्तेदार पुष्पराज पाण्डेयले बताउनु भयो । जनचेतनाको कमीको कारण बाल विवाह भए पनि निवेदन नपरेको अदालतले जनाएको छ ।
जुम्लामा पन्ध्र वर्ष उमेर पुगेपछि विवाह गर्ने चलन छ । तर  मुलुकी ऐनको विहावारीको महलमा संरक्षक वा अभिभावकको मञ्जुरी भएमा १८ वर्षको उमेरमा विवाह गर्न पाउने व्यवस्था छ । यदि अभिभावकको मन्जुरी नलिइ आफुखुसी विवाह गर्दा केटा र केटीको उमेर २० वर्षको हुनु पर्ने श्रेष्तेदार पुष्पराज पाण्डेयले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु