Wednesday, 20 September 2017 06:41 pm, Nepal

लौ हेर्नुस् एनआरएन नेतृत्वको चर्तिकला

मेचीकाली : 2014-09-28 08:23:13


तस्करीमै लागे एनआरएनका नेता
बैंकक, १२ असोज :

आफु जन्मेको थाकथलो छाडेर विदेश पलायन भएकाहरु अध्ययन, रोजगारी र व्यापार–व्यवसायमा लागिरहेको सबैले जानेका छन् ।  तर नेपाली नागरिकता र हरियो रहदानी लत्याउँदै विदेशी पासपोर्ट लिने र स्थायी बसोवासको परिचयपत्र बोक्नेहरु गैर कानुनी धन्दामा संलग्न भएको खुलासा हुँदै गएको छ ।

आफ्नो जन्मभूमीलाई भूलेर विदेशी नागरिक बन्न लालायीत गैर आवासिय नेपालीहरु कयौंले नेपाली नागरिकता र पासपोर्ट त्यागी सकेका छन् भने नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी बोकेर पनि गैर आवासिय नेपालीको प्रतिनिधित्व गर्ने संस्था एनआरएनएको राजनीति गरिरहेका छन् ।

1पहिले नेपालवाट ठगिएको, लखेटिएको र चरम द्धन्दले बस्न टिक्न नसकेको भन्दै नेपाल विरोधि प्रतिवेदन तयार गरि ग्रिन कार्ड र स्थायी भिसा लिन वर्षाै सम्म विदेशीको चाकडी गर्ने नेपालीहरु अहिले एनआरएनए मार्फत दोहोरो नागरिकताको मुद्दा उठाइरहेका छन् । तर त्यस्ता व्यक्तिहरु गैरकानुनी कार्यमा लागिरहेको भन्ने चाँही थोरैलाई मात्र थाहा हुन सक्छ ।

गैर आवासिय नेपाली संघ थाइल्याण्ड राष्ट्रिय समितिका कार्यकारिणी सदस्य सन्त वहादुर तामाङलाई थाई प्रहरीले पक्राउ गरि हिरासत लिएपछि यी कर्तुतको पर्दाफास हुँदै गएको छ । खैरो हिरोइन सहित समातिएका उनलाई कारोबारी समुहसंग व्यापारिक छलफल गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । श्रोतका अनुसार तामाङ अन्र्तराष्ट्रिय स्तरको लागु औषध कारोबार गर्ने गिरोह मध्येका एक हुन । एनआरएनए थाइल्याण्डको नेतृत्वमा रहेका उनी लामो समयदेखी संस्थागत छत्रछायाँमा अबैध धन्दा सञ्चालन गर्दै आएका गैर आवासिय नेपाली हुन ।

2त्यस्तै थाइल्याडमै अर्काे काण्ड मच्चिएको छ । मृत्यू भएका थाइ नागरिकको परिचयपत्र बोकेर आफ्नो नाम सच्याई स्थायी बसोवासको कार्ड फेरबदल गरि थाइ नागरिक बनी ठगि गर्नेहरुको पहिचान गरि थाई प्रहरीले खोजी गरिरहेको छ । थाइल्याण्डको शासनसत्ता शैनिकले लिए लगत्तै राज्य व्यवस्थामा कडाइ भएपछि यो कुरा सार्वजनीक हुन थालेको छ ।

आफू थाई नागरिक भएको परिचय दिदैं आएका गैर आवासिय नेपाली संघ थाइल्याण्ड राष्ट्रिय समितिका सचिव अरुणराज भटट्राई हाल फरार रहेको बुझिएको छ । सेना र प्रहरीले त्यस्ता गिरोहको खोजी गर्दै कारवाहि थालेकाले उनीहरु अन्यत्र लुकीबसेका छन् । यसवारे जानकारी लिन खोज्दा गैर आवासिय नेपाली संघ थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालसंग सम्पर्क हुन सकेको छैन ।

यी सम्पूर्ण घटनामा दुतावास भने बेखवर झैं बसेको छ । बरु दुतावासकै संलग्नतामा हस्तलिखित हरियो राहदानी विक्रिवितरण गर्दै आएको खुलासा होला भन्ने डरले तैं चुप मैं चुप जस्तै बसेका छन् । एनआरएनएको खोल ओढेका तस्करी गर्ने नेपालीसंगको मिलेमत्तोमा बर्माका नेपाली समुदायमा नेपाल सरकारले जारी गरेको हस्तलिखित पासपोर्ट बेच्ने कार्यमा दुतावासकै कर्मचारीको अग्रसरता समेत देखिएको छ ।

यस्ता कृयाकलापमा गैरआवासिय नेपाली संघका नेतृत्वनै सामेल भएको सूचना प्राप्त भएको छ । दुतावासका कर्मचारी पनि ती गिरोहमा आन्तरिक रुपमा सहभागी भई रकम कुम्ल्याउन मरिहत्ते गरिराखेका छन् । जसलाई चितवन स्थायी घर भई बैंकक बस्दै आएका थाइल्याण्डका उपाध्यक्ष कुमार कार्कीले नेतृत्व गरिरहेका छन् । कार्कीले नेपाली मुलका बर्माका नागरिकलाई लाखौं रकम लिएर नेपाली पासपोर्ट विक्रिवितरण गर्ने गरेको रहस्य वाहिर आइसकेको छ । विश्वस्त श्रोतले बताए आनुसार उनले मोटो रकममा दुतावासलाई प्रभाव पारेको बुझिन्छ ।

जानकारी अनुसार ३ सयको संख्यामा ती पासपोर्ट गैर नेपालीले प्राप्त गरेको र विदेश स्थित दुतावासले प्रमाणित गरि पठाएका कागजपत्रहरु पुन प्रमाणिकरण गर्न नपर्ने र सहजै पासपोर्ट उपलब्ध हुने भएकाले यस कार्यमा दुतावास आफै संलग्न भएको प्रष्ट छ ।

3पासपोर्ट तस्करी के हो भन्ने वारेमा बुझ्न खोज्दा दुतावासका कार्यवाहक राजदुत डोरनाथ आर्यालले फोन उठाउनु भएन । लागुऔषध करोवार र त्यसमा संलग्न एनआरएनहरु, नेपाली पासपोर्ट काण्ड र अबैध स्थायी नागरिकाको परिचयपत्रको थप अध्ययन र अनुसन्धान गरि हामी हाम्रा पाठक समक्ष निरन्तर जानकारी गराइरहने छौं ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु