Tuesday, 26 September 2017 02:50 pm, Nepal

बेचिएका बालक आठ महिनापछि घर फर्किए

मेचीकाली : 2014-09-22 13:47:04


जनकपुर, ६ असोज :

सात महिने बालकलाई अपहरण गरी एक लाखमा बिक्री गर्ने चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक गणेशबहादुर थापाले हिजो अपरान्ह पत्रकार सम्मेलन गरी जनकपुर ७ स्थित मिथिला आश्रममा रहेका कुष्ठरोगीहरुको रेखदेख गर्ने सवैला १का प्रकाश मण्डलको ७ महिने छोरा मंगल मण्डललाई अपहरण गरी बिक्री गर्ने चार जनालाई सार्वजनिक गर्नुभएको थियो ।

पक्राउ पर्नेहरुमा महो्त्तरी जिल्ला महो्त्तरी गाविस–८का शत्रुधन यादव, धनुषा औरही–९ कपटौलका राजेश मण्डल, झोझी कटैया ६का किशोरी मण्डल र सोहि गाविस ८का गुलीया पासवान रहेको प्रहरीले जनाएको छ । उनीहरुले २०७० माघ ७ गते राति सात महिने बालकलाई अपहरण गरी महोतरी हरिनमरिन गाविस १ अजगेवाका सुनिता महराको हातबाट एक लाखमा बिक्री गरेका थिए । प्रहरीले उद्धार गरेका ती बालक अहिले १५ महिनाको भएका छन् ।

प्रहरी निरीक्षक गोविन्द पुरी नेतृ्त्वको टोलीले गहन अनुसन्धान पछि चोरी भएको आठ महिना पछि बच्चालाई जनकपुर ७ बाट उद्धार गरेको थियो । पक्राउ चारै जनामाथि मानव बेचबिखन तथा ओसार पोसार सम्बन्धी मुद्दा चलाएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु