Tuesday, 26 September 2017 11:54 pm, Nepal

उद्योगमाथि बढ्दो दलाल र माफियाको अब अन्त्य हुन्छ– मन्त्री बस्नेत

मेचीकाली : 2014-09-20 15:54:00


    भक्तपुर, ४ असोज :

उद्योग मन्त्री महेश बस्नेतले उद्योगमाथि बढ्दो दलाल, गुण्डागर्दी र माफियाको अन्त्य गरिने बताउनुभएको छ । नेकपा (एमाले) क्षेत्र नं २ भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले अब कुनै पनि टेन्डरमा दलाल, गुण्डा र माफियाले हस्तक्षेप गर्न नसक्ने गरी व्यवस्था गरिने बताउनुभयो ।

    मन्त्री बस्नेतले भन्नुभयो, “अब टेन्डर आह्वान गर्दा ई–रजिस्ट्रेसन नियम लागू गर्न सबै उद्योगलाई परिपत्र जारी गरिसकिएको छ ।”    नेपालमा उद्योगको विकास र विस्तारका लागि वैदेशिक लगानी भित्र्याउन औद्योगिक ऐन संशोधन गर्न लागेको र सो ऐन पारित भएलगत्तै लागू हुने बताउनुभयो ।

    कम्पनी रजिष्ट्रारको कार्यालयदेखि हरेक औद्योगिक क्षेत्रमा सिसिटिभीको व्यवस्था गरिने पनि उहाँले बताउनुभयो । कार्यक्रममा मन्त्री बस्नेतलाई सम्मान गरिएको थियो ।     एमाले क्षेत्र नं २ का अध्यक्ष राजकुमार जोशीको सभापतित्वमा भएको सो कार्यक्रममा सभासद् केदार सञ्जेल, एमालेका जिल्ला उपाध्यक्ष बच्चन देउजालगायतले भक्तपुरको विकासमा मन्त्रीले चासो दिनुपर्नेमा जोड दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु