Tuesday, 26 September 2017 12:34 am, Nepal

इनारमा बाल्टिन झिक्न जाँदा दुईको मृत्यु

रासस : 2014-09-18 15:53:47


 भक्तपुर, २ असोज :

मध्यपुरथिमी नगरपालिका–१६ लोकन्थलीमा एक इनारमा पसेका दुईजनाको आज मृत्यु भएको छ । स्थानीय हरिलाल कुटुको सिमेन्ट गोदाममा काम गर्ने काभे्र घर भएका वर्ष ३५ का डम्बर पहरी र सिन्धुपाल्चोक घर भएका वर्ष ३० का गोविन्द पौडेलको इनारमा पस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहान इनारमा पानी झिक्न लाग्दा बाल्टिन इनारमा खसेपछि बाल्टिन झिक्न गएका पहरी फर्केर नआएपछि उनलाई बचाउन गएका पौडेल पनि इनारमै अक्सिजनको कमीले बेहोस भएका थिए ।दुवैजना इनारबाट बाहिर ननिस्किएपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले इनारभित्रबाट दुवैजनालाई निकालेका थिए ।

    जीवित रहेकै आशामा प्रहरीले थिमिस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा उपचारका लागि लैजाँदा दुवैको मृत्यु भएको चिकित्सकले घोषणा गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु