Saturday, 23 September 2017 05:58 am, Nepal

व्यवसायी रिहाइपछि औषधि पसल बन्दको आन्दोलन फिर्ता

मेचीकाली : 2014-09-18 12:56:52


जनकपुरधाम, २ असोज :

पक्राउ गरिएका औषधि व्यवसायीलाई धरौटीमा रिहाइ गरेपछि अनिश्चितकालीन औषधि पसल बन्दको आन्दोलन फिर्ता भएको छ । जनकपुर औषधि व्यवसायी सङ्घद्वारा प्रमुख जिल्ला अधिकारीले अवैधानिक तरिकाले औषधि व्यवसायीलाई पक्राउ गरेको भन्दै प्रजिअको निलम्बन र व्यवसायीको रिहाइको माग गर्दै बुधबारदेखि जनकपुरका औषधि पसलहरू अनिश्चितकालका लागि बन्द गरेका थिए ।

जिल्ला प्रशासनको अनुगमन टोलीले औषधि व्यवसायी नागेन्द्र साह, जितेन्द्र साह, चिरञ्जीवी यादव र दीपु यादवलाई पक्राउ गरेकामा गएराति रिहा गरेको छ ।टोलीले पक्राउपछि व्यवसायीमाथि कालोबजारीको मुद्दा दर्ता गरेकामा व्यवसायीको दबाबमूलक आन्दोलनपछि पक्राउ गरिएका व्यवसायीलाई रिहा गर्न प्रशासन बाध्य भएको सङ्घका अध्यक्ष गणेशप्रसाद साहले बताउनुभयो ।

उहाँका अनुसार म्याद समाप्त भएको औषधि कार्टुनमा राखेको अवस्थामा अनुगमन टोलीले अवैधानिक तरिकाले अनुगमन गरी चार व्यवसायीलाई पक्राउ गरेका थिए । व्यवसायी पक्राउबारे बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारीले मर्यादा विपरीत व्यवहार गरेको र व्यवसायीलाई आन्दोलन गर्न चुनौती दिएको कारण व्यवसायी आन्दोलित भएको तर पक्राउ गरिएकालाई रिहाइ गरेपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम बन्द गरिएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु