Wednesday, 20 September 2017 06:43 pm, Nepal

काभ्रेको बालनिकेतन उच्च माविले घुस दिएर विद्यार्थीलाई एसएलसी पास गराएको खुलासा

मेचीकाली : 2014-09-17 18:34:09


घुस खानेविरुद्ध अख्तियारले मुद्दा हाल्यो, विद्यालयलाई कार्बाहीका विषयमा प्रष्ट हुन सकेन
काभ्रे, १ असोज :

काभ्रेको बनेपामा रहेको बालनिकेतन उच्च माविले घुस खुवाएर विद्यार्थीहरुलाई एसएलसी उत्तीर्ण गरेको खुलेको छ । उक्त विद्यालयले २०६९ सालको एसएलसी परिक्षामा घुस खुवाएर विद्यार्थीहरुलाई विशिष्ट श्रेणीमा उत्तीर्ण गराएको खुलेको हो । उक्त विद्यालयबाट घुस लिएर विद्यार्थीको नंवर थपिदिने गोरखाका विद्यालय निरिक्षकविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि यस्तो खुलासा भएको हो ।

 अख्तियारले आज गोरखाका तत्कालिन विद्यालय निरिक्षक  रेशमवहादुर थापाविरुद्ध बाल निकेतनसँग पैसा लिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार २०६९ सालको एसएलसी परिक्षामा थापाले बाल निकेतनका विद्यार्थीहरुले प्राप्त गरेको अंकमा २७ देखि ९० अंकसम्म थप गरिदिएका थिए । जसका कारण विद्यालयका विद्यार्थीहरु विशिष्ट श्रेणीमा उत्तीर्ण भएका थिए । अख्तियारले पैसा लिएर नंवर थप गर्ने गापाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ द्वारा परिभाषित कसुर गरेको भन्दै सोही ऐनको दफाद्वारा व्यवस्थित सजायको माग गरेको छ ।

बालनिकेतन उच्च मावि व्याव्सन काभ्रेका पूर्व अध्यक्ष दिलिप मुखियाद्वारा सञ्चालित विद्यालय हो । २०६९ सालको एसएलसीमा उक्त विद्यालयका विद्यार्थीहरुको उत्तरपुस्तिका परिक्षणका लागि गोरखा जिल्ला पुगेको थियो । अख्तियारले घुस लिने विद्यालय निरिक्षकविरुद्ध मुद्दा दायर गरे पनि बालनिकेतनलाई के कार्बाही हुने र नंवर थप गरिएका विद्यार्थीको नंवर र उत्तीर्णका विषयमा के हुने भन्ने प्रष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु