dashain
Wednesday, 17 October 2018 07:24 am, Nepal

यौन क्रियाकलापमा संलग्न ४३ जना पक्राउ, कतिपयका श्रीमान विदेशमा

मेचीकाली : 2014-09-14 13:43:01


चितवन, २९ भदौ :

चितवन प्रहरीले भरतपुर र नारायणगढका विभिन्न होटलमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीÔक शान्तिराज कोइरालाको नेतृत्वमा गएको टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनलका १६ वटा होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूमा १६ देखि ३५ वर्È उमेरका महिला तथा पुरुÈ छन् । पक्राउ परेकामध्ये अधिकांश किशोर–किशोरी र श्रीमान् विदेशमा रहेका महिला भएको प्रहरीले बताएको छ । उनीहरू सबै अवैध यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । चितवनका होटल तथा रेस्टुरेन्टमा वेश्यावृत्ति बढेको भन्दै प्रहरीले दिउँसो तथा रातको समयमा छापा मार्न सक्रियता बढाएको हो । यसैबीच पछिल्लो समय आपराधिक र वेश्यावृत्तिका घटना रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले होटलमा परिचयपत्रको व्यवस्था लागू गरेको छ । होटल व्यवसायीले सेवाग्रहीको स्पष्ट परिचय खुल्ने परिचयपत्र आफैँसँग राख्नुपर्ने नियम बनाइएको छ ।

सो नियम उल्लङ्घन गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ । होटलमा लुटपाट, हत्या र आत्महात्याका घटना बढिरहेकाले स्पष्ट परिचय खुल्ने प्रमाण राख्न व्यवसायीलाई अनुरोध गरिएको प्रहरी नायब उपरीÔक कोइरालाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु