Tuesday, 26 September 2017 04:57 pm, Nepal

कामका लागि मलेसिया पुगेका ५ नेपाली अलपत्र

मेचीकाली : 2014-09-12 17:36:46


सल्यान–

राम्रो काम लगाइदिने भन्दै लगिएका ५ अलपत्र परेका छन् । काठमाण्डौ गंगबुमा रहेको पश्चिम नेपाल ओभरसिज मार्फत मलेलिया पु¥याइएका ५ नेपाली अलपत्र परेका हुन । अलपत्र पर्नेहरुमा सल्यान शारदा नगरपालिका वडा न १ का समिर विक, काठमाण्डौ किर्तीपुरका काजी नेपाली, सिन्धुलीका शिव दुरामगर, सिराहाका विनोद यादव र रामबाबु यादव रहेका छन् ।

पश्चिम नेपाल ओभरसिज प्रालिले मलेशियाको एल एम एल कम्पनीमा अपरेटर पोष्टका लागि भनेर पठाए पनि १९ दिन पछि कामबाट निकालि कोठामा थुनेर राखेको पिडितहरुले बताएका छन । कम्पनीको मालिकले काम दिन नसक्ने भन्दै कामबाट निकालि दिएको पिडितहरुले बताएका छन् । दलालले रामं्रो कम्पनीमा लगाई दिने भनेर लगे पनि १९ दिन काम गरेको पैसा समेत दलालले लगेको उनीहरुले बताएका छन् । नेपालमा फर्काइदिन आग्रह गर्दा पनि पासर्पोट पनि दलालले लुकाई दिएको  पिडित सिन्धुलीका शिव दुरामगरले बताउनु भयो । अलपत्र परेका ५ नेपालीहरुले स्वदेश फिर्ताका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । साथै दलाल तथा कम्पनीलाई पनि कारवाहीको माग गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु