Sunday, 24 September 2017 02:32 pm, Nepal

गाई काटेको आरोपमा चार जना प्रहरी नियन्त्रणमा

मेचीकाली : 2014-09-11 10:30:45


 खोटाङ, २६ भदौ :

  गाई काटेको आरोपमा खोटाङमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाकाचोल–९ का ६२ वर्षीय पदम तामाङ, उनका छोरा ३१ वर्षीय पेम्बा तामाङ र सोलुखुम्बु जिल्लाको लोखिम–९ बस्ने लाक्पानुरु तामाङ र मान्के तामाङलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको हो ।

    जिल्लाको उत्तरी गाविस बाकोचोलस्थित स्थानीय जङ्गलमा गत मङ्गलबार दिउँसो गाई काटेर खाएको स्थानीयले दिएको उजुरीको आधारमा  उनीहरूलाई इलाका प्रहरी चौकी ऐसेलुखर्कका गस्ती टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो ।

    उनीहरूलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान थालिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु