Tuesday, 26 September 2017 12:37 am, Nepal

बाबु कोमामा, आमाले छाडिन् तीन बच्चाको बिचल्ली

मेचीकाली : 2014-09-11 10:29:54


भक्तपुर, २६ भदौ :

पैसा कमाउन साउदी अरब गएका बाबु बिरामी भएर कोमामा पुगेको अवस्थामा फर्किएपछि भक्तपुर चाँगुनारायण गाविस–७ मिजार गाउँका रामकृष्ण सार्की (मिजार) का तीन बच्चा यतिखेर बिचल्लीमा परेका छन् ।     दलित वर्गभित्रको गरिबी हटाएर परिवारलाई सुख दिने भरोसा लिएर जुत्ता सिलाउने कामकै लागि साउदी अरब गएका ४० वर्षीय रामकृष्ण तीन महिना अरब मै थलिएर उपचारै नहुने अवस्थामा फर्किएपछि तीन बच्चाको बिचल्ली भएको हो ।

    गत वैशाख १६ गते साउदीबाट सिधै वीर अस्पताल लगेर तीन महिना उपचार गर्दा चिकित्सकले अब निको हुँदैन भनेर फर्काएपछि दैनिक घरमा बाबुको कुरेर बसिरहनुपरेको जेठी छोरी सविताले बताइन् । ‘बाबु बोल्न, चलमल गर्न नसक्ने गरी बिरामी परे, आमा अरुसँगै भागेर गइन्, बुबाको उपचारदेखि खानलाउनसमेत ठूलै समस्या प¥यो, हामी त बिचल्लीमा परेका छौँ’ आँखाभरी आँसु पार्दै सविताले भनिन् ।

    अस्पतालमा उपचार गर्दा लागेको रु तीन लाख अरबमा बस्दा कमाएको पैसा र गाउँलेले चन्दा सङ्कलन गरेर दिएको रकमबाट तिरेको बताउँदै रामकृष्णका ६६ वर्षीय बाबु चतुरे सार्की (मिजार) ले अहिले घरमा दैनिक एक हजार रुपैयाँ खर्च हुने गरेपनि आम्दामी नहुँदा ठूलो समस्या परेको बताए । जेठी छोरी सवितासँगै, १२ वर्षका छोरा सरोज, आठ वर्षकी छोरी सलिनाको दिनचर्या त्यही बाबुको स्याहार गर्न र गाउँमा चन्दा माग्दैमा बित्ने गरेको छ ।

    चाँगुनारायणका समाजसेवी रमेश बुढाथोकीले बिरामी भएर रामकृष्ण नेपाल आएदेखि नै गाउँलेले चन्दा उठाएर सहयोग गर्दै आएपनि यो दीर्घकालीन नभएको बताउनुभयो । तीन बच्चाको बिचल्लीमा परेकाले उहाँले कसैले सहयोग गरिदिन्छ कि भनेर गाउँलेले नेपाल बैंक भक्तपुर शाखामा १९—१०—१९२८८४ नम्बरको खाता खोलिदिए पनि कतैबाट सहयोग नजुटेपछि दलित परिवारको थप बिचल्ली भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु