Tuesday, 26 September 2017 12:33 am, Nepal

कर्णाली विकास आयोग प्रगति सूचना प्रणाली नामक अनलाईन सफ्टवयेर निर्माण

मेचीकाली : 2014-09-11 08:33:29


जुम्ला–

कर्णाली विकास आयोगले कर्णाली विकास आयोग प्रगति सूचना प्रणाली नामक अनलाईन सफ्टवयेर निर्माण गरेको छ । सफ्टवयेर प्रयोगका विषयमा सरकारी कार्यालयका प्रमुख एवं कम्प्युटर अपरेटरलाई दुई दिने अभिमुखिकरण तालिम दिइएको छ । जिल्लाका सबै सरकारी तथा गैर सरकारी कार्यालयको प्रगति प्रतिवेदन सिधै आयोगमा पठाउन सजिलो होस् भन्ने उद्देश्यले सफ्टवयेर निर्माण गरिएको अध्यक्ष डाक्टर कलबहादुर रोकायाले जानकारी दिनुभयो ।

 कर्णाली अञ्चलका पाँचै जिल्लामा कार्यतर सरकारी कार्यालय तथा गैर सरकारी संस्थाले वार्षिक कार्यक्रम तथा पहिलो, दोस्रो चौमासिक र वार्षिक प्रतिवेदन आयोगलाई बुझाउनु पर्ने प्रावधान रहेको उहाँको भनाइ छ । सबैको प्रगति प्रतिवेदन आयोगमा आइपुग्न केहि असहजता आएपछि छिटो र सजिलो होस् भन्ने उद्देश्यले कर्णाली विकास आयोग प्रगति सूचना प्रणाली नामक अनलाईन सफ्टवयेर निर्माण गरिएको अध्यक्ष रोकायाले बताउनुभयो ।

आयोगले १० वर्षे कर्णाली विकास योजना निर्माणका लागि जिल्लागत योजना निर्माण गरिसकेको उहाँले जानकारी दिनुभयो । कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कागजातहरु कर्णाली विकास आयोग सञ्चालन निर्देशिका, कर्णाली विकास आयोग संगठन संरचना, कार्यविधि तयार गर्नुका साथै कर्मचारीको लागि विशेष सेवा सुविधाका लागि पहल भैरहेको उहाँको भनाइ छ । दक्ष जनशक्ति तथा माथिल्लो स्तरका कर्मचारीहरु कर्णालीमा आउन नमान्ने, आवश्यक बजेट तथा श्रोत साधनको कमी भएकोले काममा समस्या आएको अध्यक्ष रोकायाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु