Tuesday, 26 September 2017 11:56 pm, Nepal

धार्मिक असहिष्णुता निम्त्याएपछि अन्तत माफी मागिन् गायिका अञ्जु पन्तले

मेचीकाली : 2014-09-05 10:29:56


दुई दिनदेखिको लगातारको आलोचनाको शिकार बनेकी गायिका अञ्जु पन्तले अन्तत माफी माग्दै आफूले चर्काएको धार्मिक प्रकरणलाई अन्त्य गर्ने प्रयार गरेकी छन् । मंगलबार हिन्दु देवीदेवताको नाम उल्लेख भएको भन्दै उनले एउटा दशैं गीत गाउन अस्वीकार गरेकी थिइन् । त्यसको समाचार सार्वजनिक भएलगत्तै उनको चर्को आलोचना मात्रै भएन उनका गीत नसुन्ने घोषणा गर्नेहरुको लर्कोसमेत सामाजिक सञ्जालहरुमा देखियो । कतिपयले उनको करिअर ‘डाउन’ हुन थालेको बताए पनि कतिले उनले गाएका गीत नै प्रतिवन्ध लगाउनुपर्ने आवाज उठाए ।

आफ्नो चर्को आलोचना भएपछि अञ्जुले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत माफी मागेकी हुन् ।

के भनिन् त उनले माफी माग्दै तल हेरौं :anju

अनि उनले बहिस्कार गरेको गीत यस्तो छ ।

सुख र शान्ति रहोस् जीवनमा ओठमा हाँसो छाओस्
दुर्गामाताको आशिर्वादले सोचे झैँ पुग्दै जाओस्।
पुकार्दै मनले नवदुर्गालाई गर्दै मनले कामना
यो दसैंको सबै सबैलाई छ शुभकामना।

स्मरण रहोस् अञ्जु पन्त केही समयअघि हिन्दु धर्म त्याग्दै क्रिस्चियन बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु