Wednesday, 20 September 2017 06:44 pm, Nepal

छोरी बलात्कार गर्नेलाई बचाउन यस्तो प्रपञ्च

मेचीकाली : 2014-09-05 08:38:15


काभ्रे, २० भदौ : जिल्लाका दुई चर्चित बलात्कारका घटनाहरुमा अनुसन्धान कार्य जारी छ । जिल्लाबासीहरु बलात्कारीलाई फाँसी दिन कानुन अनुसार नमिल्ने भए पनि उनिहरुको लिङ्ग काट्नु पर्ने तर्क गरिरहेका छन् । काभ्रेमा भएका बलात्कारका घटनाहरुमा संसदमा सभासद्हरुले कुरा उठाउँदै दोषिलाई कडा कारवाहीको माग गरेका छन् । 

साउन ३० गते उग्रतारा जनागाल गाविस–७ मा अंकल रोशन बोगटीले ७ बर्षिया भतिजी सलिना बोगटीको बलात्कार पछि हत्या गरेका थिए भने पनौती नगरपालिका २ सुब्बागाउँ स्थित प्रकाशबहादुर कार्कीले १९ बर्षिया छोरीलाई २०६६ सालदेखि बलात्कार गर्दै आएका थिए ।

  ४७ वर्षिय प्रकाशबहादुर कार्कीले छोरीलाई पटक पटक बलात्कार गर्दै आएको छोरीको जाहेरी पछि सार्वजनिक भएको हो । १० वर्षको उमेर देखि हजुरबुबा इन्द्रबहादुर कार्कीले बलात्कार गरेका थिए । छोरीले बाबु र हजुरबुबाको बलात्कार सहन नसकी विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । साउन ३० गते नै घटेको उक्त घटना पछि प्रकाशबहादुर कार्की तनावमा थिए । दिउसो छोरीलाई बलात्कार गरेर घर बाहिर निस्किएका प्रकाशले केहि घण्टामै छोरीले धुलिखेलको हजार सिंढीमा विष पिएको खवर पाउँदा आनन्दै भएछ भनेर जवाफ दिएका थिए । तत्काल प्रहरीले उनको उद्धार गरी उपचार गरेपछि बाँचेकी छोरीले लेखेको सुसाईड नोट, लिखित जाहेरी र बयानका आधारमा प्रकाशबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । ‘पैसा भएपछि सबै थोक किन्न सक्ने धम्कि दिदै म माथि पटक पटक बलात्कार गरे’–छोरीले बयानमा भनेकी छिन् । आफुले बलात्कार गरेपछि केटा खोजेर विवाह गरिदिने र चाहेको सम्पति समेत दिने भन्दै प्रकाशले फकाएका थिए । कानुनी रुपमा दुई श्रीमती भएका प्रकाशले मकाउमा एक श्रीमती र बनेपामै एक जना युवतीलाई डेरा लिएर राखेका छन् । त्यति हुँदा हुँदै पनि उनले छोरीमाथि पटक पटक बलात्कार गर्दै आएका थिए ।

कार्कीको बलात्कारलाई जोगाउन केहि ब्यक्तिहरुले धुलिखेलको एक रिसोर्टमा भब्य मदिरा सहितको ककटेल पार्टी सम्पन्न गरेका छन् । छोरीले उपचार सके लगत्तै उजुरी गर्ने र आफु पक्राउ पर्ने डरले प्रकाशले कानुनी परामर्श गरेका थिए । कानुनी परामर्शकै आधारमा जिल्ला प्रहरी कार्यालय पुगेका प्रकाशलाई २४ दिन भित्रै छुटाउने जिम्मा लिएका केहि ब्यक्तिहरुले छोरीलाई बलात्कार गरेको प्रमाण नष्ट गराउन, मुद्दालाई कमजोर बनाउन अर्नगल प्रचार गरी भ्रम सिर्जना गर्न, प्रहरीको अनुसन्धान फितलो बनाउन सम्वन्धित अधिकारीहरुलाई प्रलोभन देखाउँदै पैसाको खोलो बगाउने अभियान शुरु भएको छ । कार्कीले जागिरबाट निकालिँदा पाएको केहि रकम र भर्खरै किनेको कार समेत दिने बचन दिदै मुद्दालाई कमजोर बनाउन सरकारी निकाय जहाँ जहाँ मुद्दाको शुरुवाती हुन्छ त्यहिँ त्यहिँ प्रभावित पार्ने काम भएको श्रोतले बतायो । धुलिखेलको अरनिको राजमार्ग सँगै जोडिएको एक होटलमा भएको छलफलमा कसकसलाई पैसाले किन्न सकिन्छ ? कसलाई प्रभावित पार्दा मुद्दा आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने विषयमा छलफल सहित योजना निर्माण भएको श्रोतले बतायो । उक्त दिन भएको छलफलको मोवाईल रेकर्ड चेष्टाले प्राप्त गरेको छ । प्रहरीले भने अनुसन्धान कमजोर नहुने, कसैको प्रभावमा अनुसन्धान पर्न नदिने बताएको छ । प्रहरीले प्रकाशले छोरीलाई पटक पटक बलात्कार गरेको सबुत प्रमाणहरु संकलन गरिसकेको छ । उनलाई हाडनाता करणी, जर्बजस्ति करणी अन्र्तगत मुद्दा चलाईनेछ । छोरीको स्वास्थ्य खराव भएकाले आरोप मात्रै लगाएको भ्रम सिर्जना गर्न खोजिएको छ । १० वर्ष देखि बलात्कारमा परेकी छोरीको स्वास्थ्य अवस्थाका बारेमा आमा, भाई, मामालाई समेत भन्दा मोटरसाईकल, स्कुटी र कारको अगाडी बस्न पाउने लोभमा छोरी र श्रीमतीलाई एउटै ओछ्यान बनाउने प्रकाश विरुद्ध कसैले उजुरी गर्न र छोरीलाई साथ दिन चाहेनन् । हजुरबुबा इन्द्रबहादुर कार्की समेत पक्राउ परी जेल जाने भएपछि उजुरी गरेकै दिन राती ७२ वर्षको उमेरमा विष सेवन गरी आत्महत्या गरेका छन् । प्रकाश हिरासमतै रहेका बेला उनलाई चेकमा हस्ताक्षर गराउने पटक पटक प्रयास भएको छ ।

इन्द्रबहादुरको शब पोस्टमार्टम पछि अन्त्येटीका लागि पनौती त्रिवेणी घाटमा पु¥याउँदा समेत रोचक प्रसंग निस्किए । केहिले बलात्कारीको मलामी आईयो भन्दै थिए भने केहिले मरेर प्रमाण नष्ट ग¥यो भन्दै थिए । एक्लै बस्दै आएका इन्द्रबहादुरलाई प्रकाशकै जेठी श्रीमतीले खाना पकाएर खुवाउने गरेकी थिइन् । दागवति दिन प्रकाश आफै जाने बताए पनि अर्कैले दिएपछि प्रकाशलाई प्रहरीले जान दिएन । दागवती दिएको ब्यक्तिलाई प्रकाशकै श्रीमतीले शंका ब्यक्त गर्दै किरिया बस्न दिइनन् । दागवत्ति दिँदा उनले आँखी भौ समेत खौरिएर घर पुग्दा किरिया बस्न पाएनन ।

 पेचिलो बन्दै अनुसन्धान

साउन ३० गते घरबाट अपहरण पछि गोठमा लगेर बलात्कार पछि हत्या गरिएकी ७ बर्षिया सलिना बोगटीको अपराधमा संलग्न अंकल रोशन बोगटीले एक्लै बलात्कार पछि हत्या गरेको हुन सक्ने प्रहरी अनुसन्धानले देखाएको छ । रोशनले केहि समय अघि झगडा परेका आयुश बाँनियालाई समेत घटनामा संलग्न भएको बयान दिदै आएका छन् । ‘आयुश र मैले मिलेरै पालैपालो बलात्कार ग¥यौ, अनि आफन्तलाई भन्दिछु भनेपछि हत्या गरेर पुरेर राख्यौं । राति सबै सुतेपछि जंगलमा लगेर ढुंगाले थिचेर पुरेर राखिदियौं’– रोशनले प्रहरी बयानमा भनेका छन् । शुरु देखि अहिलेसम्म रोशनले बयान फेरेका छैनन । आईतबार मात्रै प्रहरीले पुनः १० दिनको म्याद थपि रोशन र आयुशको अनुसन्धान जारी राखेको छ ।

‘रोशनको अपराध फस्टाउँदै गयो भने भविश्यमा उ नामुद अपराधी हुन सक्छ, दिमाग नै अपराधीकरण भैसकेको रहेछ’–एसपी अरुण विसीले भने–‘यति सानै उमेरमा उसको अपराधमा बढेको दिमागको बारेमा थप अनुसन्धान जरुरी भएर अनुसन्धान भइरहेको छ ।’ प्रहरीले काठमाडौबाट विशेषज्ञहरुको टोली झिकाएर समेत घटनाको अनुसन्धान गरायो । पोलियोग्राफमा समेत रोशनले बयान फेरेनन तर आयुशले स्विकारेनन । बालिकाको पोस्टमार्टम रिपोर्टमा बलात्कार पछि हत्या गरिएको देखिएको छ । डिएनए परिक्षणका लागि प्रकृया शुरु भैसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रल्हाद कार्कीले जानकारी दिए । रोशनले बालिकाको बलात्कार पछि हत्या गर्नु अघिल्लो दिन टिभीमा अश्लिल फिल्मको सिढी राखेर हेरेका थिए ।

–चेष्टा साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु