Tuesday, 26 September 2017 02:55 pm, Nepal

बीसवटा कस्तुरी मृग मार्ने तामाङ पक्राउ

मेचीकाली : 2014-09-01 13:24:58


सोलुखुम्बु, १६ भदौ : सेर्तुङ–७ धादिङ घर भएका ५१ वर्षीय पेम्बा शेर्पाले आफूले सोलुखुम्बुको नाम्चे, खुम्जुङ र चौरीखर्कमा गरी २० वटा कस्तुरी मृग मारेको स्वीकार गरेका छन् । चोरी सिकारीको अभियोगमा गत साउन ३० गते पक्राउ परेका तामाङले २०५२ सालदेखि हालसम्ममा २० वटा कस्तुरी मृग मारेको र जसमध्ये १२ वटा भाले कस्तुरी रहेको बताएका हुन् । 

उनले ती १२ वटा कस्तुरीको बिना अवैध बिक्री गरेको समेत बताएको सगरमाथा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत लक्ष्मण पौडेलले जानकारी दिनुभयो । स्थानीयस्तरमा भरियाका रुपमा बस्दै आएका तामाङलाई चोरी सिकारीको शङ्का लागेपछि चौरीखर्क–५ का युवाले राष्ट्रिय निकुञ्जमा खबर गरेका थिए । राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षा खटिएको सेनाले उनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पासो, खुकुरीलगायत चोरी सिकारीमा प्रयोग हुने बन्दोबस्तीको सामान र ३७ वटा यार्सागुम्बा फेला पारेको थियो । 

पक्राउ परेपछि सोधखोज गर्दा तामाङले आफूले २०५२ सालदेखि २०५८ सालको बीचमा २० वटा कस्तुरी मृग, एउटा झारल र दुईवटा डाँफे मारेको स्वीकार गरेका थिए । उनले निकुञ्ज क्षेत्रमा ४०० भन्दा बढी पासो थापेको समेत बताएको निकुञ्ज कार्यालयले जनाएको छ । कार्यालयले अहिले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार कस्तुरी मृग वा कस्तुरी मृगको कुनै पनि अङ्ग ओसारपसार गर्ने व्यक्तिलाई रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना अथवा पाँचदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु