Tuesday, 26 September 2017 02:50 pm, Nepal

एडिबी आयोजना कार्यान्वयनको माग गर्दै जनकपुर बन्द

मेचीकाली : 2014-09-01 11:32:43


धनुषा, १६ भदौ : एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजना कार्यान्वयनको माग गर्दै सर्वपक्षीय सर्वदलीय सङ्घर्ष समितिले आज जनकपुर बन्दको आह्वान गरेको छ ।  बन्दले गर्दा जनकपुरबाट सञ्चालन हुने छोटो दूरीका साधन बिहानदेखि सञ्चालन हुन सकेको छैन भने लामो दूरीका सवारीसाधन प्रहरीले स्कटिङ गराई पठाउने गरेको छ । 

बन्दबाट क्षति नियन्त्रणका लागि जनकपुरका प्रमुख बजार क्षेत्रसहित विभिन्न चोकमा व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । बन्दबाट जनकपुर क्षेत्रका स्कुल र बजार पूर्णरूपमा प्रभावित भएको छ । एडिबी आयोजनाअन्तर्गत छनोट गरिएका ल्यान्डफिल साइटको जिल्लाको फुलगामा मनियारी चौधरीको जग्गा अस्वीकृत भएपछि सर्वदलीय नगरस्तरीय संयन्त्र, एडिबी आयोजना बचाउन सङ्घर्ष समिति र अन्तरपार्टी महिला सञ्जाल संयुक्तरूपमा एडिबी बचाउ अभियान विरोधसहितको कार्यक्रम आयोजना गरी गत महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् ।

यता एडिबी आयोजनाका लागि नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिद्वारा गुठी संस्थानको मातहतमा जनकपुरको मणिमण्डप र बेंगाशिवपुर गाविसस्थित ५२ बिघासहितका जग्गा छनोट गरी प्राविधिक कार्यमा जुटेको बताइएको छ । तर मणिमण्डप तथा ५२ बिघा जग्गा ऐतिहासिक धरोहर रहेको भन्दै सङ्घर्ष समितिले विरोध जनाउँदै फुलगामामा ल्यान्डफिल राख्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु