Tuesday, 26 September 2017 04:55 pm, Nepal

दुई करोड मूल्यबराबरको क्षति

मेचीकाली : 2014-08-26 17:45:46


धनगढी, १० भदौ : हालैको बाढी र डुबानका कारण कैलाली जिल्लामा झन्डै चार सय हेक्टर जग्गामा गरिएको करिब रु दुई करोड मूल्यबराबरको धान बाली क्षति भएको छ ।  जिल्लाको थापापुर, धनसिंपुर, नारायणपुर, पथरैया, मुनुवा, रामशिखरझाला, दुर्गौली, प्रतापपुरलगायतका गाविस र टीकापुर नगर क्षेत्रमा गरिएको धान बालीमा बाढी र डुबानले क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद जोशीले बताउनुभयो । 

सबैभन्दा बढी क्षति थापापुर गाविसमा गरिएको धान बालीमा पुगेको छ । कर्णाली नदीमा आएको बाढीले आसपासका खेतीयोग्य जग्गा बालुवामय भएको र कतिपय क्षेत्रको जग्गा कटानमा परेका कारण धनबालीमा क्षति पुगेको हो । 

यता जिल्ला दैवी प्रकोप उद्धार समितिअन्तर्गत क्षतिको विस्तृत विवरण सङ्कलन गर्न गठन भएको टोलीले भने बाढी र डुबानका कारण जिल्लामा झन्डै ७८ बिघा जग्गामा क्षति पुगेको लगत सङ्कलन गरेको छ । क्षतिको पूर्ण विवरण भने आइनसकेको जोशीले बताउनुभयो । 

बालीमा क्षति पुगेर प्रभावित भएका कृषकलाई आउने हिउँदेयाममा गहुँ, मसुरो, तोरीलगायतका बालीको खेतीमा राहत उपलब्ध गराउन कृषिसम्बन्धी राहत कार्यक्रम तयार पारी जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत कृषि विभागमा पेस गर्ने तयारी भइरहेको जोशीले बताउनुभयो ।

बाढीले बालीमा क्षति पु¥याएका जिल्लाका पूर्वी क्षेत्रहरू धान उत्पादनका लागि उर्वरक क्षेत्रका रुपमा रहेका छन् । 

गत वर्षको वर्षायाममा पनि जिल्लामा तीन हजार कृषक परिवारको करिब एक हजार ५०० हेक्टर जग्गामा गरिएको धान बालीमा क्षति पु¥याएको थियो । प्रभावित कृषकलाई रु १३ लाख मूल्यबराबरको कृषिसम्बन्धी राहत कार्यक्रममार्फत आँप, लिची, केराका बिरुवा, माछाका भुरा र तरकारीको बीउ वितरण गरिएको थियो ।

  जिल्लामा ७१ हजार ५०० हेक्टर क्षेत्रफलमा बर्र्खे धान बालीको खेती हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु