Sunday, 24 September 2017 02:35 pm, Nepal

त्रोम्सोमा नेसोट्को नयाँ कार्यसमिति

मेचीकाली : 2014-08-26 17:20:49


ट्रोम्सो-उत्तरी नर्वेको ट्रोम्सो विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न यसवर्ष त्यहाँ पुगेका नेपाली विद्यार्थीहरुको स्वागत तथा नेपाली महिलाहरुको विशेष पर्व तीजको शुभकामना आदानप्रदान एक  कार्यक्रमका बीच सम्पन्न भएको खबर छ।  यसवर्ष बिभिन्न विषयमा स्नातकोत्तर गर्न पाँच जना नेपाली ट्रोम्सो पुगेका समाचारमा उल्लेख छ।  

यसैबीच त्रोम्सोमा बसोबास गर्ने नेपालीहरुको संगठन नेपालिज सोसाइटी इन ट्रोम्सो (नेसोट) को नयाँ कार्यसमिति सोहि भेलाका बीच चयन गरिएको छ।  नयाँ कार्यसमितिको अध्यक्षमा मार्शल पोखरेल चुनिनुभएको छ। त्यसैगरी उपाध्यक्ष्य, सचिव, सह-सचिव र कोषाध्यक्षमा क्रमश: अनिता भण्डारी, मनोज पौडेल, सिताराम चम्लागाई र रोशनी ढुंगाना-बस्नेत चुनिनुभएको छ। एघार सदस्यीय कार्यसमितिको सदस्यहरुमा स्वेता तिवारी, देवेन्द्र बहादुर थापा, सुर्य काफ्ले, रेश्मा महर्जन इमान उदय र दीपक सापकोटा हुनुहुन्छ। भेलाले डा. पुरुषोत्तम बस्नेत, डा. गणेश आचार्य, डा. नविन मल्ल, डा. सनत वाग्ले, मधु वाग्ले, रजनी जोशी-मल्ल, प्रकाश सापकोटा (भूपू अध्यक्ष) र अनुप गुप्ता (भूपू सचिव) लाई सल्लाहकारमा चुनेको छ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु